Birgunj News24
वीरगञ्जका ट्राफिक प्रहरी  इन्चार्ज लोकराज भट्ट ‘पोलिस अफ द मन्थ’ घोषण।

पर्सा — जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको “पोलिस अफ द मन्थ” घोषित भएका छन्। नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले उनलाई यो सम्मान प्रदान गरेको हो।

प्रहरी निरीक्षक भट्टको नेतृत्वमा वीरगञ्ज ट्राफिक टोलीले विभागीय मूल्य मान्यता, आदेश, निर्देशन र अनुशासनको पालना गर्दै उल्लेखनीय काम गरेका थिए। हालसालै सम्पन्न आ.व.को समीक्षा अनुसार मधेश प्रदेशका आठवटै जिल्लामध्ये वीरगञ्ज ट्राफिक कार्यालयले सर्वाधिक राजस्व संकलन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको छ।

साथै, ट्राफिक व्यवस्थापन सुधार, जनचेतनामूलक कार्यक्रम सञ्चालन र सार्वजनिक सेवा प्रभावकारी बनाउने कार्यमा भट्टको टिमको योगदानलाई उच्च मूल्याङ्कन गरिएको छ।

प्रहरी निरीक्षक भट्टको इमानदारिता, लगनशीलता र कर्तव्यनिष्ठताका कारण उनलाई “POLICE OF THE MONTH” घोषणा गरिएको हो। यो उपलब्धिले मधेश प्रदेशको ट्राफिक व्यवस्थापनमा नयाँ प्रेरणा थप्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update