Birgunj News24
नेपाली काङ्ग्रेस देश जनता र प्रजातन्त्रको लागी राणा र ३ तीन वटा राजाहरु संग लडेको पार्टी हो - मन्त्री जनार्दन सिंह क्षेत्री  ।

लालबाबु सिंह ६ असार वीरगन्ज ।  नेपाली काङ्ग्रेस देश जनता र प्रजातन्त्रको लागि राणा र ३ तीन वटा राजाहरुको शासन को विरुद्ध लडेर जितेको पार्टी हो र निरन्तर यसको संरक्षण सम्बर्द्धन प्रवर्द्धनमा लागिरहेको प्रमुख अतिथी मधेस प्रदेशका भुमी,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले बताउनु भयो । 
 नेपाली काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री  बिशेश्वर प्रसाद कोइरालाको ४३ औ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ ले वीरगन्जको आयोजना गरेको वृक्षारोपण कार्यक्रमको समुदघाटन गर्दै सिंहले नेपाली काङ्ग्रेस जनताको पहिलो पार्टी भएकोले हामी माथी धेरै आकांक्षाहरु भएको र काङ्ग्रेसको नेतृत्वमा रहेको विभिन्न र वर्तमान सरकारले देश विकासमा फडको मारेको बताउदै काङ्ग्रेसलाई कमजोर बनाउन राजावादी लगायत नया नया खुलेका पार्टीहरुले विभिन्न भ्रामक कुरोहरु फैलाइरहेकोमा खबरदारी पनि गर्नु भयो । 
" राजाको दमनकारी शासन व्यवस्था देखेकाहरुले राजाहरुको कुकृत्यहरु राम्ररी देखेका छन बुझेका छन चाहे त्यो जनताबाट चुनिएको बिपि कोइरालाको नेतृत्वको जननिर्वाचित सरकार ढाल्ने होस या देशका छोरिहरु सुनिता अनिताको निर्मम बलात्कार र हत्या होस या फेरि देश कै गहना विभिन्न मन्दिरका देविदेवताका मुर्ती चोरेर विदेश पठाउने होस ,पत्रकारमाथी गोलि प्रहार गरि आँखा फोडिदिने होस या फेरि गायक संगीतकारलाई गाडिले कुल्चेर मार्ने होस यस्ता धेरै अक्षम्य घटनाहरु को लामै लिष्ट रहेको छ जसले राजाको जनताप्रतिको दमनकारी रबैया प्रष्ट गरिरहेको थियो ,राजाले जनता लाई रैती बनाएएर केवल जयजयकार गराउन दबाएर राखेका थिए ,पढन लेख्म बोलन नपाउने कसरी उत्कृष्ट शासन हुन्छ त भन्दै त्यसैलाइ आजको युवा पिढिले बुझ्न जरुरी छ र हामिले बुझाउन सक्नु पर्दछ भन्दै हिमाल पहाड मधेसको गाउँ गाउँ सम्म बाटो, पुलको निर्माण भएको र यसले एक अर्कालाइ जोडने ,कृषि लगायत फलफुलहरु बजार ल्याउन सहज बनाएको छ ,स्वास्थ्यको पहुच गाउँ गाउँ पालिका पालिकाहरुमा पुर्याइएको छ र यो क्रम तिव्र रुपले जारी रहेको मन्त्री सिंहले बताए "   ।
मन्त्री सिंहले पच्छिल्लो वर्ष देशमा५ सय भन्दा बढी साना ठुला उधोगहरु खुलेका छन जसले रोजगारीका थप बाटो खोलेको छ भने कृषकहरुको लागि विभिन्न दानउपदानको कार्यक्रमहरु ल्याएर कृषिलाइ थप बलियो बनाउने कार्य देश र मधेश सरकारले गरिरहेको बताउदै प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बिश्वेशर प्रसाद कोइरालाको देश जनता प्रजातन्त्र प्रती खेलेको भुमिका अतुलनीय छ अविस्मरणीय छ र उहाले देखाएको बाटो आज पनि प्रासंगिक रहेकोले काङ्ग्रेस मात्र होइन हामी सबैले उहाको अनुसरण गरि प्रेरणा लिन आवश्यक रहेकोमा जोड दिदै वर्तमान समयमा देश र खासगरी मधेस वातावरणीय संकटले निकै ग्रसित भएको र पानी को चरम अभाव भएर खडेरिको अवस्था आएको छ जसलाइ मधेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरि खानेपानी र सिचाइको समुचित ब्यवस्थापनमा जुटेको छ बताउदै रुखको महत्त्व बुझेर एक ब्यक्ति एक रुख ,एक घर एक रुखको अवधारणा हामी सबैले अपनाउनु पर्नेमा जोड दिदै रुख रोपौ यसको संरक्षण सम्बर्द्धन गरौ भनी आग्रह गरेका थिए ।
 नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ का कार्यकारी सभापति अनिल सिंह को सभापतित्व एवं नेपाली काङ्ग्रेस पर्साका सभापति एवं भुमी, कृषि  तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , सचिव वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम,पुर्व उपसभापतिहरु प्रकाश उपाध्याय ,दिना गुप्ता, नेताहरु लखललाल साह,हुकुम सिंह राजपुत,हबिब मिया ,प्रेमशंकर सिंह  ,किरण शर्मा,तरुण दल पर्साका सभापती रमेश यादव, सन्जय मण्डल ,रामबिलास यादव ,हरेन्द्र यादव,बिजय पौडेल,बुनेल राम,छोटेलाल साह, स्कुलका प्रधानाध्यापक बिनोद मेहता शिक्षक अरुण कुश्वाहा लगायत नेपाली काङ्ग्रेस पर्सा एवं भातृ संगठनहरुका  पदाधिकारी सदस्यहरु एवं सन्चारकर्मिहरु ,शिक्षकहरुको बाक्लो सहभागिता रहेको थियो । 
 सो अवसरमा उपसभापति कुर्मिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोइरालाले आजन्म देश जनता र प्रजातन्त्रको लागि राणा देखि राजाहरु संग लडाइ लडिरहे जसको फलस्वरूप नै आजको जनताको शासन गणतन्त्र आएको हो ,उहाँ जनताको हितैषी पनि भएकोले उहाँ कुनै शक्ति संग डराउनु हुन्थेन , आज उहाले देखाएको बाटोमा काङ्ग्रेस र सबैले हिडन आवश्यक रहेको र यो नै उहाँ प्रती सच्चा श्रद्धाञ्जली हुनेछ जसले देश जनता प्रजातन्त्र बलियो हुनेमा जोड दिए ।
  आँप,अम्बा,अम्ला,निम ,टिप लगायत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपन गरिएको सो कार्यक्रमको सहजिकरण मधेस प्रदेश पर्सा क्षेत्र १ का सचिव अजय ठाकुरले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update