Birgunj News24
रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्।

प्रजापती शनिबार बेलुकी रौतहटको कटहरिया नगरपालिका-५ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार उनी मृत भेटिएको सूचना प्रहरीले बेलुका ९ बजे प्राप्त गरेको थियो।

प्रहरी पुग्दा रवीन्द्र झुन्डिएको डोरी फुकाएर प्रहरीले गौरस्थित ग्रान्डी अस्पताल पुर्‍याएको थियो।

अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो।
प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए ।

घटनाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update