Birgunj News24
दिन दुखी असहायको सेवा सहयोग गरि हामी सबैले मानवता बलियो बनाउनु पर्दछ - अधिवक्ता उपाध्याय  ।

दिन दुखी असहायको सेवा सहयोग गरि हामी सबैले मानवता बलियो बनाउनु पर्दछ - अधिवक्ता उपाध्याय  लालबाबु सिंह ३ श्रावण वीरगन्ज । दिन दुखी असहायको सेवा सहयोग गरि हामि सबैले मानवता बलियो बनाउनु पर्दछ भन्दै बिशिस्ट अतिथी अधिवक्ता प्रकाश उपाध्यायले त्यसको लागि सम्पुर्णलाई हातेमालो गर्न आग्रह गर्नु भयो । 
कुम्हालटोल टोल सुधार समिती वीरगन्ज ७ द्वारा लगातार १२ औ मासिक निशुल्क भोजन कार्यक्रममा सेवा गर्दै उपाध्यायले दिन दुखी असहायको सेवा सहयोग नै हामी मानवको सबै भन्दा ठूलो धर्म भएकोले कुम्हाटोल टोल सुधार समाज परिवारले विगत १ वर्ष देखि घर जस्तो सफा स्वच्छ , पोषिलो, गुणस्तरीय भोजन खुवाएर गरेको सेवा निकै सराहनिय रहेको छ र मलाइ पनि सेवा गर्न इच्छा लागेर यहा आएर सेवा गर्न पाउँदा , भोजमा खुवाएको जस्तो बसाएर सोधी सोधी थपेर भोजन खुवाएर सेवा गर्दा निकै खुशी लागेको बताउदै यस्तो सुकार्यको निरन्तरता हुनु पर्छ र आयोजक परिवार संग आफू सधै साथ सहयोग गर्ने छु भनी प्रतिबद्धता जनाउदै सम्पुर्णलाई हातेमालो गर्न मानवता बलियो बनाउन आग्रह पनि गर्नु भयो ।
 सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितीका अध्यक्ष नन्दलाल अहिरले जानकारी दिदै यो निशुल्क भोजन शिविर कार्यक्रम समाजका पदाधिकारी एवम् दाताहरुको सहयोगले चलिरहेको बताउदै  उप्रान्त प्रत्येक महिनाको पहिलो शनिबार मात्र नभएर प्रत्येक १५ दिनमा र तत्पश्चात प्रत्येक शनिबार आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयार रहेको मात्र मानवताप्रेमी सहयोगी हातहरुको हातेमालोको आवश्यकता रहेको आग्रह गरेका थिए । 
 सेवामा सहभागी युवा समाजसेवी भट्टराईले यस्ता सुकार्यले दिन दुखी असहायहरु लाई जिवनयापन गर्न सहज हुनाले र मानवता बलियो हुने हुनाले टोलवासि एवं सम्पुर्णलाई सेवामा सहयोग गर्न आग्रह गरेका थिए ।
  कुम्हालटोल टोल सुधार समाज वीरगन्ज ७ द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर ( सामुदायिक प्रहरी कुम्हालटोल ) अगाडी प्रत्येक महिनाको पहिलो  शनिबारको दिन निशुल्क भोजन शिविर कार्यक्रम अन्तर्गत लगातार १२ औं  निशुल्क भोजन शिविर सम्पन्न  गरिएको छ । आजको निशुल्क भोजन शिविरमा सेवकहरुले बाटोमा हिडने पर्यटक ,बटुवा,रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब असहायहरुलाई दाल भात,परवल आलु चनाको तरकारी र भुटेको हरियो खुर्सानीको अचारहरु निशुल्क भोजन गराएका हुन ।
   कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षता एवं वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको निशुल्क कार्यक्रममा अतिथी सेवकहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , कंचनजंघा स्कुलका निर्देशक समाजसेवी मार्टिन मोक्तान ,समाजसेवी मदन यादव, अमरटोल टोल सुधार समिती वीरगन्जका सचिव युवा समाजसेवी नवराज भट्टराई लगायत समाजका सचिव हेमन्त शाक्य,कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता, सल्लाहकारहरु सामुदायिक प्रहरी कुम्हालटोलका सचिव समाजसेवी श्रवणबहादुर रायमाझी ,समाजसेवी गोबिन्द ताम्राकार लगायत स्थानिय अग्रज ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update