
बारा । बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादीलाई प्रहरीले बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं छन् ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो । आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको बाराका एसपी सन्तोष तामाङलेबताए ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय