
लालबाबु सिंह असार २८ वीरगन्ज । सामाजिक युवा एकता क्लब वीरगन्ज द्वारा वीरगन्ज १२ ब्रहमचोकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गरेका छन ।
रक्तदान गर्नेमा चन्दादेवी ,अनिता देवि कानु,प्रमिला महतो,डा. मृगेन्द्र कुमार सिंह ,विशाल कुमार महतो ,जयकिशन साह,सुजन ढुङेल ,असर्फी प्रसाद चौरसिया ,नवीन साह लगायतले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका थिए ।
क्ल्बका अध्यक्ष बिक्की महतो धानुकको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सभापती फुलमहम्मद मियाको प्रमुख आतिथ्यमा सम्पन्न सो रक्तदान कार्यक्रममा बिशिस्ट अतिथीहरु समाजसेवी प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल ,अतिथिहरुमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,राजेन्द्र भट्टराई ,विरसमशेर कुर्मी लगायत क्लबका उपाध्यक्ष सिदार्थ कुमार मण्डल,सचिव अमन कुमार मण्डल ,सदस्यहरु संजय महतो,धानुक,चन्दन कुमार मण्डल,सचिन महतो धानुक,अनिष मण्डल लगायत स्थानिय अग्रज ,युवाहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको प्रमुख अतिथिले अध्यक्ष बिक्की महतोलाई ब्लड संकलन ब्याग प्रदान गरि र महतोले रक्तदान गरि शुभारम्भ भएको हो ।
सो कार्यक्रममा क्लबका पुर्व अध्यक्ष धानुकले रक्तदान महादान जिवनदान भएकोले क्लबले प्रत्येक वर्ष २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दछ र अहिले बढदो गर्मीले गर्दा रक्तसञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएको थाहा पाएर आकस्मिक रुपमा आजको कार्यक्रमको आयोजना गरिएको बताउदै छोटो समयमा आयोजना गरिएको कार्यक्रमको निमन्त्रणामा आएर आफ्नो अमुल्य रगत दान गर्ने सम्पुर्ण रक्तदाताहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथी मियाले बिगत २ महिना देखि बढदो गर्मी संगै रक्तदान गर्ने हरुको कमि आएकोले वीरगन्जमा उपचार गराउन आउने बिरामिहरुलाइ निकै समस्या आएकोले हामिले धेरै पटक सार्वजनिक अपिल जारी गर्दै सबैलाइ रक्तदान गर्न गराउन हातेमालो गर्न अहोरात्र खटिरहेका छौ र धेरै मनकारी ब्यक्ति संघ संस्थाहरुले हाम्रो आग्रहलाइ सुनेर मानेर स्वतस्फूर्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरि रगतको अभाव केही भए पनि पुर्ती गर्ने महान कार्य गरिरहेकोमा उहाहरु र रक्तदाताहरु प्रती हार्दिक आभार व्यक्त गर्दै अहिले पनि दिन्हु माग थेग्न नसकिएको अवस्था भएकोले सम्पुर्णलाई रक्तदान गर्न गराउन हार्दिक आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल रक्त संचार केन्द्र वीरगन्जका प्राबिधिक धिरेन्द्र झाको नेतृत्वमा रहेको स्वयंसेवकहरुले रक्तादानमा सघाएका थिए ।