Birgunj News24
उपकार सेवा नेपाल द्वारा छपकैयाका आलमलाई व्हिलचेयर सहयोग ।

लालबाबु सिंह असार २८ वीरगन्ज । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा वीरगन्ज महानगरपालिका वार्ड न.२ छपकैया तुतबारी निवासी शेख आलमलाई व्हिलचेयर सहयोग गरेको छ । ७२ वर्षिय आलमको केही वर्ष पहिले बन्दुकको गोली लागि शारीरिक अवस्था कमजोर हुँदा हुदै अहिले केही वर्षदेखि पुर्ण रुपले अपाङ्ग भैसकेको अवस्था छ!
उनको आर्थिक अवस्था एकदम कमजोर भैसकेको छ भने स्वास्थ्य अवस्था पनि दैनिय भैसकेको छ,उनको दैनिक जीवन अलि सहज होस भन्ने अभिप्रायले यो व्हिलचेयर सहयोग गरेका हौ भन्दै दिन दुखी असहायको सेवा सहयोग नै सर्बोत्तम धर्म रहेको उपकार सेवा नेपालको अध्यक्ष  विद्या कुमारी सरावगीले बताउनु भयो ।   सो व्हिलचेयरको व्यवस्थापन गरी उनको घरमै पुगि एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ!
सो अवसरमा संस्थाको सुमन बगेडिया ,समाजिक अभियन्ता प्रकाश थारू, कपडा बैंक को अध्यक्ष लालबाबु सिंह लगायत स्थानीय   भद्रभलादमिहरुको समेत उपस्थिति  रहेको थियोे !

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update