Birgunj News24
नेसनल इन्फोटेक कलेज द्वारा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना ,२४ महिला सहित १६९ जनाले गरे रक्तदान ।

लालबाबु सिंह २५ असार वीरगन्ज । नेसनल इन्फोटेक कलेजले बढदो गर्मी संगै रगतको अभाव पुर्ती गर्न आकस्मिक रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । वीरगन्ज १५ ब्रहमचोकमा अवस्थित नेसनल इन्फोटेक कलेजले  बुधबार कलेज परिसरमा आकस्मिक रक्तदान कार्यक्रममा २४ महिला सहित १६९ जनाले रक्तदान गर्नु भएको छ । सो कार्यक्रमको कलेजका संचालकद्वय  मनिष सिंह काजल सिंहले रक्तदाताहरुलाइ ब्लड क्लेक्सन ब्याग प्रदान गर्नु का साथै आफूहरु पनि रक्तदान गरि कार्यक्रम सुभारम्भ गरेका हुन ।
 सो अवसरमा रक्तदान गर्नेहरुमा काजल सिंह मनिष सिंह ,सयोनी कुमारी, रबिना खातुन,मनिका यादव,स्नेहा साह,सम्झना यादव,रानु पाल,कन्चन कुमारी ,सुजाता यादव,चित्रलेखा कुमारी ,सुधिर पटेल,जितेन्द्र कुमार साह,जितेश पटेल,रोहित मण्डल ,चन्दन महतो कहार,शशी बरनवाल,आयुष शर्मा,राहुल कुमार गुप्ता, लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।
 सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा सभापति सतिश सिंह राजपुत, सामाजिक अभियन्ता दिवेश मानवसेवा,ओमकुमार झा,राजन श्रीवास्तव,कलेजका एशिया डाइरेक्टर सुधिर पटेल, सन्चारकर्मिहरु अर्जुन चौधरी ,अभिलाश गुप्ता लगायत कलेजका शिक्षकहरु, विद्यार्थीहरु , कर्मचारिहरु एवं स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।
 सो अवसरमा कलेजका संचालक मनिष सिंहले वीरगन्जमा बढेको गर्मी संगै रगतको चरम अभाव भएकोमा सो को पुर्तीको लागि यो आकस्मिक रक्तदान कार्यक्रम राखेका हौ र रक्तदान प्रती जागरुकता फैलाउने उद्देश्यले आज आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेका हौ बताउदै रक्तदान नै एउटा यस्तो कार्य हो जसमा कुनै जात धर्म धनी गरिब उच निच केही पनि नहेरी मानवता हेर्ने भएकोले र यसले जीवन बचाउने भएकोले जिवनदान भन्ने गरिन्छ त्यसैले हामी सबैले नियमित रुपमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरु प्रती आभार जताउदै शुभकामना दिएका थिए ।
 सो अवसरमा कलेजका एशिया निर्देशक पटेलले रक्तदान नै जिवनदान भएकोले र अहिलेको समयमा वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै प्रत्येक ३ तीन महिनामा हाम्रो रगत आफै समाप्त भएर खेर हुने र नया रगत बन्ने भएकोले सम्पुर्णलाई रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गरेका थिए ।
 रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update