Birgunj News24
बाराका किसानले यसवर्ष झन्डै ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्।

बारा, असार २५ – बाराका किसानले यसवर्ष झन्डै ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहका अनुसार यो उत्पादन १८ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट प्राप्त भएको हो।

साहका अनुसार किसानहरूले सरस्वती, राधा(१२, सीता, चम्पा, सुवर्णसुब(१ लगायतका उन्नत जातका चैते धानको खेती गरेका थिए। “चैते धानले प्रायः वर्षातको सुरूवाती चरणमा पानीको भरपर्दो स्रोत नभए पनि उत्पादन राम्रो दिएको छ,” प्रमुख साहले जानकारी दिए।

किसानहरूले मल, विषादी तथा सिंचाइको उचित व्यवस्थापन भए अझ उत्पादन वृद्धि हुने बताउँदै आएका छन्। “सिंचाइको भरपर्दो व्यवस्था छैन, मल पाउन धौ–धौ हुन्छ,” स्थानीय कृषक रमेश पटेल भन्छन्, “यदि सरकारको सहयोग र अनुदान समयमा मिल्यो भने उत्पादन अझ बढाउन सकिन्छ।”

कृषि ज्ञान केन्द्रले आगामी वर्षका लागि अझ बढी किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गराउने योजना बनाएको जनाएको छ। प्रमुख साहले भने, “हामी आगामी वर्ष उन्नत बीउ वितरण, माटो परीक्षण, कीट व्यवस्थापन जस्ता कार्यक्रममार्फत किसानलाई सहयोग गर्नेछौं।”

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update