लालबाबु सिंह २४ असार वीरगन्ज । नेसनल एकेडेमी क्याम्पसले २५ औ वार्षिकोत्सवको अवसरमा वीरगन्ज १४ बहुअरीमा अवस्थित कुलिया उम्मे कुल्सुम लिल्वनाय क्न्या विधालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि ४० थान नया कपडा वितरण गरेको छ । वीरगन्ज मेनरोड भारतिय दूतावास अगाडि अव्स्थित नेसनल एकेडेमि क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा एवं वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायको बिशेष सहभागितामा सम्पन्न भएको सो कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी, प्राध्यापक अफरोज अहमद ,स्कुलका प्र अ साबिर अहमद एराज,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , कलेजका लाइब्रेरीयन सुरज शर्मा ,स्कुलका शिक्षकहरु सलमा नेशा,पुष्पा देवि ,नुरजहा लगायत नेसनल एकेडेमी क्याम्पसका विद्यार्थीहरु र स्कुलका विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा वरिष्ठ समाजसेवी अधिवक्ता उपाध्यायले आधा आकाश ढाकेका हाम्रो छोरिबेटीहरुको जिवनस्तर उकास्न शिक्षा निकै महत्वपूर्ण हुन्छ जसले उनिहरुलाइ आत्मनिर्भर समृद्ध बनाउनुको साथै परिवार समाज देशलाई मजबुत बनाउछ अगाडि बढदछ र बहुअरी मा कन्या स्कुल रहेको अधिकान्श वीरगन्जवासी अनभिज्ञ रहेको बताउदै तपाइहरुले आफ्नो पढाईले यस स्कुलको नाम देशमै अग्रस्थानमा ल्याउन कम्मर कसनुस म तपाईहरुको साथमा छु र अन्य सहयोगहरु लियेर फेरि फेरि आउने प्रतिबद्धता जनाउदै आज कलेजले आफ्नो २५ औ वार्षिकोत्सब मनाउने क्रममा हाम्रा छोरिबेटीलाई नया कपडा सहयोग दिएकोमा आफू निकै खुशी भएको बताउदै कलेज परिवारलाई हार्दिक बधाई र स्कुलमा अध्ययनरत विद्यार्थी बहिनिहरुको उज्ज्वल भविस्यको शुभकामना ब्यक्त गर्नु भयो ।
सो अवसरमा कलेजका प्रमुख साहले कलेजको वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि मनाउदा सानो सहयोग लिएर तपाईहरुको माझ आउन पाउँदा हामी निकै खुशी भएका छौ यो मायनेमा पनि कि हामी हाम्रो समाज देश कहिल्यै पनि अगाडि बढन सक्दैन समृद्धि प्राप्ती गर्न सक्दैन जब सम्म कि हाम्रो छोरी बेटिहरु पढदैनन र अगाडि बढदैनन त्यसैले यहाँ आउदा बढी खुशी लागेको र तपाईहरुको प्रअले समन्वय गर्नु भएको छ उहालाइ मैले पढाएको छु उहाँ मेरो जेहेन्दार विद्यार्थी हुनुहुन्थ्यो र आज यहाँ प्रअको रुपमा हेर्दा मलाइ अत्यधिक खुशी लाग्नु का साथै गौरवान्वित भएको छु भन्दै तपाईहरु शिक्षा प्रती अत्यधिक चासो राखी ज्ञान आर्जन गर्नुस भोलि तपाई कुनै बिधालयमा प्रअ हुनुहुन्छ अनि त्यहा तपाईहरुको गुरु आयेर तपाईमाथी गर्व गर्नेछन र यश स्कुलको साथमा कलेज परिवार रहेने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष सिंहले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि शनिबार बाहेक प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सामाग्री सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ र नेसनल एकेडेमी कलेज परिवारले नया कपडा सहयोग गरि विद्यार्थी बहिनिहरु लाई हौसला प्रदान गरेकोमा कलेज परिवार प्रती आभार जताउदै हामी सम्पुर्णले दिन दुखी असहायको सेवा सहयोग गर्ने बानी बसाली मानवता बलियो बनाउन आग्रह गर्दै भयो ।
सो कार्यक्रमका सहजीकरण गरेका कुल्लिया उम्मे कुल्सुम लिल्वनात कन्या विधालयका प्रधानाध्यापक एराजले यस विद्यालयमा बहुअरी देखि लालपर्सा सम्मका बालिकाहरु अध्ययनको लागि आउने भएकोले हामी अत्यन्तै खुशी भएर गुणस्तरीय शिक्षा प्रदान गर्ने भरमग्दुर प्रयासरत छौ र गएको एसईई परिक्षामा वीरगन्ज महानगर भित्र सामुदायिक तर्फ हामी ६ ठो स्थान ल्याएका छौ र आगामी केही वर्षमा प्रथम हुने छौ यो यहाका विद्यार्थीहरुको मेहनत र शिक्षकहरुको गुरुत्व प्रतीको समर्पणको आधार रहेको मैले बिश्वास लिएको बताउदै हाम्रा नानीहरु लाई नया कपडा सहयोग गरि हौसला प्रदान गर्न यहाँ सम्म आउनुभएको नेसनल कलेज परिवालाइ २५ औ वार्षिकोत्सबको बधाई शुभकामना र धन्यवाद दिएका थिए ।



