Birgunj News24
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।

असार २३, २०८२
काठमाडौं,२३ असारःप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै ओलीले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहो¥याएका हुन् ।

ओलीले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुप¥यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर ‘ ।’

उनले थपे, ‘राम जन्मिएको नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो के थिएन । ‘ अहिले भने त्यो भूभाग नेपालमा पर्छ ।’ ओलीले कोही रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउन नहुने तर्क गरे ।

‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान् मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उनले भने, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’

उनले प्रश्न गरे, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौं रु’ उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको बताए । ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण १’

प्रधानमन्त्री ओलीले वाल्मिकीकृत रामायणमा राम–लक्ष्मणलाई विश्वामित्रले नेपाली भूभागमै शिक्षा दिएको प्रसंग उल्लेख रहेको उनले सुनाए । ‘त्यो मैले लेखेको होइन नि । कोशी तरेर गएका हुन् भन्ने स्पष्ट छ । कोशीको किनारमा बस्ने भएकोले उनको नाम कौशिक राखिएको हो,’ उनले थपे ।साभारः अनलाइनखबर

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update