Birgunj News24
एक महिने सिलाई कटाई तालिम  तथा मेसिन वितरण तालिममा सिकेका सीपले आत्मनिर्भर बन्न वडा अध्यक्ष गुप्ताको भनाइ ।।

एक महिने सिलाई कटाई तालिम  तथा मेसिन वितरण तालिममा सिकेका सीपले आत्मनिर्भर बन्न वडा अध्यक्ष गुप्ताको भनाइ ।।
 सीप सिकौं रोजगार बनौं भन्ने मुल नाराका साथ नेपाल महिला विकास संघ बीरगंज १६ मिथिलानगरको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर ९ वडा कार्यालयको सहयोगमा १ एक  महिने सिलाई कटाई तालिम तथा मेसिन एवम् प्रमाणपत्र  वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल महिला विकास संघ बीरगंजका अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जवाहरलाल प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा उक्त सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि वडा अध्यक्ष गुप्ताले आफ्नो वडामा भएका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरेर आयआर्जनका टेवा पुराउने उदेश्यले यो तालिम आयोजना गरिएको बताएका छन् ।घरमै बसेर दुईचार पैसा होस् र घर परिवार चलाउन मद्दत पुग्ने अभिप्रेरितले वडाका महिलाहरुलाई सक्षम तथा आत्मनिर्भर होस् भन्ने हाम्रो वडाको चाहना अनुरुप काम गरेको वडा अध्यक्ष गुप्ताको भनाइ रहेको छ।वडा कार्यालयले यसअघि विभिन्न कम्प्युटर तथा ब्युटिसियन तालिम लोक सेवा आयोग तालिम गरी सकेको वडा अध्यक्ष गुप्ताले बताएका हुन । तालिम लिएर मात्र नहुने तालिम बाट सिकेर आफ्नो उपलब्धि हासिल गरेर रोजगार बन्न र अरुलाई पनि रोजगारी दिने ब्यवस्था गर्न वडा अध्यक्ष गुप्ताले आग्रह गरेका छन् । तालिमको समापन समारोहमा वडा सदस्य गीता मानन्धर ,किशोर चौहान,लालबाबु प्रसाद कलवार,सोनी पासवान,वडा सचिव मेधराज श्रेष्ठ ,सहसचिव रमेश श्रेष्ठ ,नेपाल महिला विकास संघका ब्यवस्थापक शिवशंकर श्रीवास्तव,शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका सदस्य नवराज भट्टराई लगायतको उपस्थित रहेको थियो । तालिम अवधिभर वाईएन टेलरिङ एण्ड  ट्रेनिङ सेन्टरका प्रोपाइटर शर्मिला सेढाई भट्टराईले प्रशिक्षण  दिएकी थिइन्

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update