
आषाढ २०, बीरगंज
बीरगंज महानगरपालिका–१६ अन्तर्गत रजत जयन्ती चौकदेखि बाईपास हुँदै वैष्णो देवी मन्दिर चौकसम्मको क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम एक दिने विशेष आयोजनामा सम्पन्न गरिएको छ।
जिल्ला पर्सा, वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवन, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंज र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर १० को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा नगर प्रमुख माननीय राजेशमान सिंह प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभयो।
कार्यक्रममा सुरक्षा निकायका पदाधिकारी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न जातका ४०० बिरुवा रोपेर वृक्षारोपण अभियानलाई सार्थकता प्रदान गरिएको थियो।
सञ्जय शर्मा – उपाध्यक्ष, ग्रीन सिटी सेवा केन्द्र कैलाश बजाज, चन्द्र अग्रवाल, राकेश अग्रवाल, रतन तेमानी, शुशील कादमियाँ, मुकेश खेतान – सदस्य, ग्रीन सिटी सेवा केन्द्र
गणेश बगरिया, मजिद मियाँ, अफताब आलम, अजित भूजेल, कमल चौगाई लगायत समाजसेवी र पत्रकार सुरक्षा निकायबाट उपस्थित थिए।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि गरिएको यस वृक्षारोपण कार्यक्रमले स्थानीय तहमा समन्वय, सहभागिता र सचेतनालाई बल पुर्याएको छ। आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।