Birgunj News24
महिला सञ्चारकर्मीहरूका लागि क्षमता अभिवृद्धि तालिमको दोस्रो दिन सम्पन्न ।

१९असार, आनन्द पटेल 
श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजना र वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तीन दिने महिला सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम अन्तर्गत बिहीबार दोस्रो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

दोस्रो दिनको तालिममा सञ्चारकर्मी तथा प्रशिक्षक आनन्द पटेलले सहभागीहरूलाई समाचार लेखन, सूचनाको महत्व, समाचारको संरचना र विषयवस्तु (कन्टेन्ट) बारेमा प्रशिक्षण दिएका थिए। उनले विशेषगरी संवेदनशील विषयहरूमा समाचार लेख्दा कसरी सुरक्षित रहने, कसरी स्रोत सुरक्षित गर्ने र नैतिक पत्रकारिता अभ्यास गर्ने भन्ने विषयमा उदाहरणसहित व्याख्या गरेका थिए।

प्रशिक्षणमा सहभागी महिला सञ्चारकर्मीहरूले सिकाइएका विषयहरूमा अभ्यास समेत गरेका थिए, जसले तालिमलाई अझ व्यवहारिक र प्रभावकारी बनाएको थियो।

सो अवसरमा संस्थाकी सञ्चालिका पूजा साह गोढ, नेपाल पत्रकार महासंघ पर्सा शाखाकी महिला उपाध्यक्ष नीलिमा पौडेल, न्यू वर्तमान उपाध्यक्ष युवराज खड्का, एनी कुँवर, समीना रंजितकार, रश्मिराज भण्डारी लगायतको उपस्थिति रहेको थियो।

उक्त तालिमले स्थानीय महिला सञ्चारकर्मीहरूलाई व्यावसायिक पत्रकारिता अभ्यासमा थप सक्षम बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update