
कन्या स्कुलमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न ।
लालबाबु सिंह १९ असार वीरगन्ज । आमा नेपाल फाउन्डेसन पर्साले वीरगन्ज-४ मा अवस्थित कन्या स्कुलमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी पर्साको सहयोगमा आमा नेपाल फाउन्डेसन पर्साले कार्यक्रम सम्पन्न गरेको हो ।
फाउन्डेसनको अध्यक्ष प्रमिता मानन्धरको अध्यक्षता एवं वीरगन्ज महानगरका प्रथम महिला समाजसेवी एवं स्कुलका शिक्षक अन्नपुर्णा मानन्धरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथी वीरगन्ज ४ का वडासदस्य शर्मा सरभङ्ग,स्कुलका प्रधानाध्यापक अनिता साह,जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको नगवा प्रहरी चौकिका प्रमुख एवं प्रशिक्षक प्रनानी अजय कुमार रामको बिशिस्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथी युवा समाजसेवी सन्तोष कुमार श्रेष्ठ तथा स्कुलका शिक्षकहरु र कक्षा ९ का ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बिशिस्ट अतिथी प्रशिक्षक प्रनानी रामले लागुऔषध के हो बताउदै यसको सेवनले ब्यक्तिलाइ भ्रम एवं नशाको चपेटामा पारेर शारीरिक एवं मानसिक को साथै सामाजिक ,आर्थिक रुपले मानिसहरु क्रमिक रुपले निकै कमजोर र बहिष्कृत भयेर अल्पकाल मै अत्यन्तै दुख्द मृत्यु अङालन पुग्ने भएकोले समयमै यसबाट सचेत रहन र अरुलाइ पनि सचेत गराउन आग्रह गरेका थिए । उहाले वृतचित्रको सहयोगले विभिन्न फोटो एवं सन्देशमुलक नाराहरु देखाउदै यस्को कानुनी पाटो बारे पनि वृहत् रुपमा समझाउदै विद्यार्थीहरुको जिज्ञासा् प्रश्नहरुको संक्षिप्त अन्तर्क्रीया गरेर जवाफ दिदै सन्तुष्ट गरि लागू औषध सम्बन्धि सचेतना प्रशिक्षण प्रदान गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथी मानन्धरले लागुऔषधको नशाले कतिको जिउ ज्यान घर परिवार बर्बाद भएको हामिसबैले देखिरहेको कुरो भएकोले यसबाट सचेत रहन र प्रशिक्षक प्रहरी दाजुले भन्नू भएको देखाएका कुराहरु मनन गरि आफ्नो जिवनमा लागू औषध नजिक पनि आउन न्दिन आग्रह गरेका थिए ।
स्कुलका प्रधानाध्यापक साहले लागुऔषधले हाम्रो बुद्धि लाई नष्ट गरि जीवन नर्क बनाउने भएकोले सो बाट आफू बच्ने र आफ्नो परिवारजनको साथै सबैलाइ बचाउन सबैले यहाँ सिकेको कुराहरु घर परिवार , इष्ट मित्र,छरछिमेकी संग बाडनु पर्छ ,सिकाएर लागुऔषधबाट बचाएर सभ्य समाज बनाउन प्रयास गर्नु पर्नेमा जोड दिदै आयोजकको साथै जिल्ला प्रहरी कार्यालय,प्रशिक्षक प्रनानी राम र अतिथिहरु लाई धन्यवाद व्यक्त गरेका थिए ।
सो अवसरमा बिशिस्ट अतिथी वडा सदस्य शर्माले लागू औषधले केवल लागुऔषध सेवनकर्ताको मात्र नभै उसको परिवार ,समाज र देशलाइ नै भित्र भित्रै बिस्तारै खोखला ,अपाहिज ,बिरामी बनाएर समाप्त पार्ने भएकोले यसको सुरुवात मै रोकथाम गर्नमा जोड दिदै भर्खरै युवा हुन लागेका बालबालिकालाई पुर्ण ज्ञान् दिएर हामी सबैले सचेत सावधान बनाउन आजको आवश्यकता माथी जोड दिदै यस्तो आयोजना प्रत्येक स्कुलहरुमा गर्ने महानगरले बनाएको हुदा सबैले हातेमालो गरि सहयोग गर्न आग्रह गर्दै स्कुलको १/२ सय मिटर भित्र रक्दी चुरोट,गुटखा लगायतको बिक्री बितरण पुर्णत प्रतिबन्ध लगाउन पनि सुझाव दिएका थिए ।