Birgunj News24
बिरगंजमा रास्वपाको हस्ताक्षर अभियान शुरु   ।

बिरगंजमा रास्वपाको हस्ताक्षर अभियान शुरु   ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले  बिरगंजमा हस्ताक्षर अभियान शुरुआत गरेको छ ।  रास्वपा सभापति रबि लामिछाने  माथी सरकारले राजनीतिक प्रतिसोध साँधेको भन्दै रास्वपाले बिरगंजमा  त्यसका विरुद्ध आम जनताको हस्ताक्षर अभियान शुरु गरेको हो । 

  बिरगंजको घन्टाघरमा रास्वपा पर्सा सभापति हरि पन्तको नेतृत्वमा आजबाट शुरु भएको रास्वपा पर्साको उक्त अभियान अझै केही दिन सम्म चल्ने जानकारी रास्वपा ठोरिका सभापति माधब बस्नेतले दिए । 

अभियानमा बिरगंजका जनताहरुले स्वस्फूर्त रुपमा हस्ताक्षर गरेर उक्त अभियानको अपनत्व लिएको रास्वपा पर्साका सभापति हरि पन्तले बाताए। पन्तले नेपाली  जनताले मुलुकको  पछिल्लो राजनीतिक घटनालाई  नजीकबाट नियालिरहेको र सबै घटना क्रम्बछर्लङ्ग भै सकेकोले आफुहरुले जनतालाई  केही भन्नै नपरेको बताए । रस्वपा पर्साले यस अघि पर्साकै बहुदरमाइमा पनि हस्ताक्षर कार्यकम सन्चालन गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update