Birgunj News24
बाराको जीतपुरमा सोमबार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिमरा , पथलैया– वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमबार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् ।

वीरगन्जबाट सिमरा तर्फ आउँदै गरेको ना ६ ख २९९२ नम्बरको ट्यांकरले मधेश प्रदेश ०३–०२–०२४ प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनालगत्तै चालकलाई वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ट्यांकर सहित चालक जीतपुरसिमरा २४ का ३० वर्षीय मेहरमान अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गतको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । घटनानाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update