Birgunj News24
पिया सिंहको नेतृत्वमा लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीको नयाँ कार्यसमिति चयन

वीरगन्ज  – लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीको नयाँ कार्यसमिति गठन भएको छ ।
वीरगन्जको त्रिशला होटलमा आयोजित विशेष पद हस्तान्तरण कार्यक्रममा लायन पिया सिंहको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हो ।
क्लबको नयाँ कार्यसमितिमा लायन पिया सिंह अध्यक्ष, लायन प्रभात आनन्द प्रथम उपाध्यक्ष, लायन विनायक कुशवाहा सचिव तथा लायन प्रसिद्धी आनन्द सिंह कोषाध्यक्षमा चयन भएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्ष लायन मेहर यादवले दोश्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिन् । क्लबको नयाँ कार्यसमितिको कार्यकाल आगामी जुलाई १ देखि औपचारिक रूपमा सुरु हुनेछ ।
उक्त अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै लायन्स इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीलाई “सम्भावनाशील र गतिशील क्लब”को रुपमा मूल्यांकन गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले क्लबका गतिविधिहरूमा सदैव सहकार्य रहने बताउँदै आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रमका विशिष्ट अतिथिको रूपमा उपस्थित पूर्व डिष्ट्रिक्ट गभर्नर लायन डी.एन. अग्रवाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, एरिया चिफ लायन रामेश्वर गुप्तासहित विभिन्न लायन्स पदाधिकारीहरूले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
सोहि अवसरमा जोन चेयरपर्सन लायन सल्मा खातुनलाई लायन वर्ष २०२४-२५ को उत्कृष्ट जोन चेयरपर्सन एवार्डले सम्मानित गरिएको थियो ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतका एक्जेक्युटिभ चिफ लायन प्रकाश बाहेती, लायन उमेश शर्मा, डिष्ट्रिक्ट चिफ लायन आश्मा सिंह यादव, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन मिनाक्षी गुप्ता, लायन सल्मा खातुन, लायन रितिका जैसवाल, लायन लक्ष्मी थापा, लायन मिनादेवी टिबडेवाल लगायत क्लबका पूर्व अध्यक्षहरू, वरिष्ठ सदस्यहरू तथा लायन्स परिवारका विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update