Birgunj News24
११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतकाे महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले बारा को गढीमाइ मा योग शिविर गरे को छ।

११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतकाे महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा महागढीमाई नगरपालिकासँगको सहकार्यमा २० जुन २०२५ मा नेपालको बारा जिल्लाको महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध "गढीमाई मन्दिर" नजिकैको विवाह मण्डप परिसरमा योग कार्यक्रम आयोजना गरियाे। महागढीमाई मन्दिरमा नेपाल र भारत दुवै देशका भक्तजनहरूको आगमन हुने गर्दछ र यसले दुई देशहरू बीच सद्भाव र मित्रता प्रवर्द्धन गर्दै सांस्कृतिक र धार्मिक आदानप्रदानको लागि एक आदर्श मञ्च प्रदान गर्दछ। यो, वाणिज्य दूतावास द्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवस २०२५ को उत्सवको श्रृंखलाको पाँचौं कार्यक्रम थियो। यो कार्यक्रम स्थानीय समुदाय र विद्यार्थीहरूमा योग अभ्यास र यसका असंख्य स्वास्थ्य लाभहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थियो।

२. मधेश प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री माननीय श्री जनार्दन सिंह क्षेत्रीज्यु प्रमुख अतिथि हुनुहुन्थ्याे भने महागढीमाई नगरपालिकाका मेयर श्री उपेन्द्र प्रसाद यादवज्यु विशिष्ट अतिथि हुनुहुन्थ्यो। निर्वाचित स्थानीय प्रतिनिधिज्युहरू, महागढीमाई नगरपालिकाका ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीहरू, पतञ्जलि योग समितिका सदस्यहरू र विभिन्न अन्य संस्थाका प्रतिनिधिहरू लगायत अन्य धेरै विशिष्ट अतिथिज्युहरूले कार्यक्रममा उत्साहका साथ भाग लिएका थिए।

३. मधेश प्रदेशका माननीय भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री श्री जनार्दन सिंह क्षेत्रीज्युले आफ्नो सम्बोधनमा योगलाई हाम्रो दैनिक जीवनमा समावेश गर्नुको महत्त्वमा जोड दिनुभयो। उहाँले योगका अमूल्य फाइदाहरू, विशेष गरी अनुशासन स्थापित गर्न यसको भूमिकामाथि प्रकाश पार्नुभयो र विद्यार्थीहरूको लागि यसको महत्त्वमाथि जोड दिनुभयो। उहाँले आदर्श समाज निर्माणमा योगले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने कुरा पनि स्पष्ट पार्नुभयो। महागढीमाई नगरपालिकाका मेयर श्री उपेन्द्र प्रसाद यादवज्युले विद्यालयका विद्यार्थीहरूको हितको लागि नगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेकोमा वाणिज्य दूतावासप्रति आभार व्यक्त गर्नुभयो। योग अभ्यासका असंख्य फाइदाहरूमा जोड दिँदै, उहाँले सहभागीहरूलाई यसको विशाल फाइदाहरूबाट आफूलाई समृद्ध बनाउन दैनिक १५-३० मिनेट समर्पित गर्न प्रोत्साहित गर्नुभयो। यसबाहेक, वहाँले मानिसहरूलाई वातावरणमैत्री जीवनशैली अँगाल्न र जैविक खाना छनौटहरूलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभयो।

४. भारतका महावाणिज्यदूत श्री देवी सहाय मीनाज्युले २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा प्रस्ताव पारित भएपछि अन्तर्राष्ट्रिय योग दिवसको सुरुवातको बारेमा उल्लेख गर्नुभयो। उहाँले योगका असंख्य फाइदाहरू र यसले व्यक्तिको जीवनका विभिन्न पक्षहरूमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बारे प्रकाश पार्नुभयो। वहाँले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मुल नारा: "एक पृथ्वी, एक स्वास्थ्यको लागि योग" मा पनि प्रकाश पार्नुभयो र समग्र कल्याण र एकतालाई प्रवर्द्धन गर्न यस विषयवस्तुको महत्त्वमा जोड दिनुभयो।

५. महागढीमाई नगरपालिका; नेपाल-भारत मैत्री संघ; पतञ्जलि योग समिति, बारा; र अन्य संस्थाहरूको सक्रिय सहयोगमा आयोजित योग कार्यक्रममा लगभग ६०० जनाले भाग लिएका थिए। वाणिज्य दूतावास सबै सहभागीहरूलाई वनीहरूको सहभागिता र कार्यक्रम सफल बनाउन सक्रिय सहयोग र सहकार्यको लागि सबै साझेदार संस्थाहरू प्रति कृतज्ञता व्यक्त गर्दछ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update