
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालित "सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रमको समापन विशेष समारोहका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम मा विभिन्न विशिष्ट अतिथि, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सम्पन कार्यक्रम मा विशिस्ट अतिथि को रुप मा बिरगंज महानगर पालिका का उप प्रमुख ईम्तियाज आलम, श्री जंगका बिरगंज का प्रमुख निराजन कटुवाल, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगञ्ज अध्यक्ष हरी गौतम, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, शस्त्र प्रहरी बल १३ नं गणका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, महानगर प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्ण, वडा अध्यक्ष जवाहर गुप्ता, डीएसपी किशोर लम्साल, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। मन्तव्य को क्रम मा बिरगंज महानगर पालिका का प्रमुख कार्यक्रम का प्रमुख अतिथि राजेशमान सिंह ले सडक मा भइरहेको दिनहु दुर्घटना लाई न्यूनीकरण गर्न को लागि ट्राफिक सप्ताह कार्यक्रम ले मानिसहरु लाई जनचेतना गराउन गरेको कार्य् सहरानिय कार्य हो यस्ता कार्यक्रम गर्न को लागि हामी हतोमालो गरे र अगाडि बढने प्रतिबद्धता गर्नु भयो। त्यसै गरि आफ्नो मन्तव्य को क्रम मा उप प्रमुख आलम ले भने सप्ताहको समापनमा अतिथिहरुले ट्राफिक प्रहरीले सडक सुरक्षा तथा जनचेतनाको क्षेत्रमा देखाएको सक्रिय प्रयासको प्रशंसा गर्दै, यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
सुरक्षित यात्राका लागि जनचेतना अनिवार्य भन्ने सन्देशसहित सम्पन्न भएको ट्राफिक सप्ताहले सडकमा अनुशासन र सुरक्षा प्रवर्धनमा टेवा पुर्याउने विश्वास लिइएको छु भनु भयो।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.ना.नि. लोकराज भट्टले दिनुभएको थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ सई गुणनिधि खकुरेलले गर्नुभएको थियो।
ट्राफिक सप्ताहभरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसमा ट्राफिक नियम सम्बन्धी सचेतना र्याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, पर्चा तथा पोस्टर वितरण, मोटरसाइकल चालकलाई हेल्मेट वितरण, सवारी साधन चेकजाँच जस्ता कार्यक्रमहरू प्रमुख रहेका थिए।
कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सञ्चारकर्मीहरूको उपस्थिति र समाचार संप्रेषणले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।