
लालबाबु सिंह २५ जेष्ठ वीरगन्ज । माहेशवरी समाज वीरगन्जले नारायणी अस्पतालमा निशुल्क भोजन कार्यक्रम गर्दै आएको वीरगन्ज सेवा समाजलाइ खाद्यान्न सहयोग गरेको छ । पच्छिल्लो वर्ष देखि प्रत्येक शनिबारको दिन बिहान ९.३० बजे देखी ११/ १२ बजे सम्म नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन सेवा प्रदान गर्दै आइरहेको वीरगन्ज सेवा समाजले लगातार ५६ औ साप्ताहिक कार्यक्रम गरिरहदा माहेश्वरी समाजले १० बोरा चामल र २ बोरा दाल सहयोग गरेको हो ।
माहेश्वरी समाज वीरगन्ज का नवनियुक्त अध्यक्ष प्रकाश बाहेतिको नेतृत्वमा महासचिव रमेश साबु,कोषाध्यक्ष विकास करनानी ,सदस्यहरु विनय कान्बरा,सुनिल लखोटिया,सन्दीप राठी,दिपक बाहेती ,बिरेन्द्र मुन्द्रा,रामकोशोर लोहिया, शिव मोहता,संजय बाहेती लगायत रहेको टोलि निशुल्क भोजन संचालन स्थल मै पुगेर सो सहयोग वीरगन्ज सेवा समाजका अध्यक्ष अशोक गुप्तालाई हस्तान्तरण गर्दै निशुल्क भोजन खुवाउने कार्यमा सेवा पनि गरेका थिए भने अध्यक्ष गुप्ताले माहेश्वरी समाजका नवनियुक्त अध्यक्ष बाहेतीलाई खादा लगाएर बधाई शुभकामना दिदै सम्मान गरेका थिए ।
सो अवसरमा विभिन्न संघसंस्थामा आबद्ध रहेर दिनदुखी असहायको सेवा सहयोगमा सेवारत नवनियुक्त अध्यक्ष बाहेतीले अध्यक्ष जस्तो गरिमामय पदमा मलाइ योग्य ठानेर चयन गरेकोमा माहेश्वरी समाजका सम्पुर्ण पदाधिकारी सदस्य लगायत परिवार प्रती आफू आभारी रहदै आएको थप जिम्मेवारीलाई चुनौतिको साथै सेवा गर्ने अवसरको रुपमा लिएको बताउदै समाजले गर्दै आएको समाजिक सुकार्यलाइ र थप अन्य सुकार्यहरु लाई सभ्य भव्य एवं गुणस्तरीय रुपमा विभिन्न कार्यक्रमको मार्फत गरेर समाजमा रहेको दिन दुखी असहायको साथै समाज देशको सेवा गर्नेछु भनि प्रतिबद्धता जनाउदै वीरगन्ज समाज सेवाले नारायणी अस्पताल जस्तो महत्त्वपूर्ण स्थानमा सेवा गरेकोमा हामिहरुले सक्दो सहयोग गरेको जनाउदै यस्ता पुण्य एवं महत्वपूर्ण कार्यमा सबैले हातोमालो गरि मानवता बलियो बनाउन आग्रह पनि गरेका थिए ।
सो अवसरमा आयोजक समाजका अध्यक्ष गुप्ताले दिनदुखी असहायको सेवा सहयोग गर्ने उद्देश्यले नारायणी अस्पतालमा सेवा गर्न शुरु गरेको र यहाँ गाउगाउ बाट उपचार गराउन आएको बिपन्न बर्गका बिरामी र तिनका कुरुवा लगायत स्थानिय रिक्सा ठेला चालक ,पर्यटकहरु गरि करिब ५ सय जनालाई निशुल्क भोजन सेवा गरेर हामी अत्यन्तै खुशी हुने बताउदै हाम्रो सुकार्यलाइ माहेश्वरी समाज वीरगन्ज परिवारले चामल र दाल सहयोग गरि हौसला बढाएकोमा दाता समाजका अध्यक्ष प्रकाश बाहेती एवं पुरै परिवार प्रती आभारी छौ भनी मुक्त कण्ठले प्रसंशा गरेका थिए ।
हालै सम्पन्न माहेश्वरी समाज वीरगन्जको नयाँ कार्यसमितिको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको प्रकाश बाहेती वीरगन्ज सेवा समाजका सचिव पनि रहेका छन । सो अवसरमा समाजका पदाधिकारी सदस्यहरुक्प साथै समाजसेवी एवं सन्चारकर्मीहरुको उपस्तिथि रहेको थियो ।