Birgunj News24
बिश्व साईकल दिवसको अबसरमा भारतको महावाणिज्य दूतावास बिरगंज  द्वारा साईकल ऱ्यालीको आयोजना सम्पन्न

बीरगंज, २० जेष्ठ । विश्व साईकल दिवसको अबसरमा भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले बीरगंजमा साईकल ऱ्यालीको आयोजना गरेको थियो ।

बीरगंज साइकलिङ्ग क्लब, बारा राइडर्स एसोसिएसन जितपुर-सिमरा बारा, नेपाल इनोभेटिभ सोसाइटी बीरगंज र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर, बीरगंजको सहकार्यमा मंगलबार विश्व साइकल दिवसको अवसरमा साइकल ऱ्यालीको आयोजना गरिएको थियो ।

यो कार्यक्रम मानव स्वास्थ्यमा साइकल चलाउनुका फाइदाहरू र वातावरण संरक्षणमा यसको भूमिकाको बारेमा चेतना फैलाउन वाणिज्य दूतावासको पहलको एक हिस्सा रहेको थियो ।

कार्यक्रममा नागरिक समाजका सदस्यहरू, अभियन्ताहरू, बिरगंज साइक्लिङ क्लब, बारा राइडर्स एसोसिएसन, नेपाल इनोभेटिभ सोसाइटी र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका सदस्यहरू लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, वाणिज्य दूतावासका पदाधिकारीहरू/अधिकारीहरू आदिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वाणिज्य दूतावास परिसरबाट सुरु भएको ऱ्यालीमा लगभग ७५ जना सहभागी रहेका थिए । यो ऱ्याली घण्टाघर, माइस्थान, आर्दशनगर, बिर्तामाई, नारायणी अस्पताल, रजत जयन्ती चोक हुँदै प्रतिष्ठित शंकराचार्य गेट (भारत-नेपाल सीमा) पुगेको थियो । शंकराचार्य गेट पुगेपछि ऱ्याली सोही बाटो हुँदै वाणिज्य दूतावासमा फर्किएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update