
लालबाबु सिंह १९ जेष्ठ वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान, नेपालले श्री शारदा मा. वी. को सहकार्यमा वातावरण दिवस २०८२ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत सोमबार दोस्रो दिन घरदैलो, ब्यापक सरसफाइ एवं जनचेतनामुलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
आजको सरसफाइ एक जनचेतना कार्यक्रम प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, समाजसेवी भगवान श्रेष्ठ , प्रतिष्ठानका सहसचिव अभिनाश झा ,सदस्य भोला प्रसाद , केदार गुप्ता ,साबिर अंसारी ,शिक्षक एवं कक्षा ९ र १० का विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।
श्री शारदा विद्यालयका प्रधानाध्यापक बर्णवालले प्रकृति बिना पृथ्वी एवं मानव जीवनको कल्पना पनि गर्न नसकिने भएकोले हाम्रो आसपासको क्षेत्रलाई आफैले सफा सुग्घर बनाएर प्रकृति को सम्मान गर्न सिक्यौ भने हामीहरु पनि स्वस्थ रहन सक्छौं, भन्दै यसको संरक्षण सम्वर्द्धन गर्नमा जोड दिनु भयो सिंहले यस वर्षको कार्यक्रम श्री शारदा मा. वि.को सहकार्यमा जेष्ठ १८, १९, २०, २१, २२ गते बिहान ६ बजे देखि विभिन्न स्थानहरुमा कार्यक्रम मार्फत प्रकृति प्रति हाम्रो जिम्मेवारी लाई व्यापक रुपमा सचेतना मुलक कार्यक्रमको आयोजना गरि जनजागृती फैलाउने र प्रकृति प्रती सम्मान गर्ने उद्देश्यले आज हामी विद्यालय देखि अलौको बाहिरी मुख्य सडक , चौक, पसल एवं टोलको भित्री भागमा बाटो घर पसल छेउछाउमा सरसफाइ गर्दै त्यहाँका स्थानियहरु लाई सरसफाइ प्रति सजग रहन जानकारी गराएको बताए । सरसफाइको क्रममा विद्यार्थीहरुले कहि व्यंग्य त कहि मार्मिक रुपमा हासिखुशी सरसफाइको महत्व बारे सम्झाउँदै प्रकृति प्रति सम्मान गर्न आग्रह गरेको देख्दा मन निकै खुशिको साथ भावुक पनि भएको भन्दै सहभागी सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक ,शिक्षकहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति आभार ब्यक्त गरेका थिए ।