Birgunj News24
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा बिरगंज को नारायणी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

 नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको फलफुल कार्यक्रम मा नारायणी अस्पतालमा भर्ना भइ उपचाररत दुई सय भन्दा बढी रिबामीहरुलाई फलफुल वितरण गरिएको हो ।
अस्पातलको प्रसुती वार्ड, मेडिसिन वार्ड, आइसियु वार्ड, सिसियु वार्ड,पोष्टअप वार्ड, सर्जिकल वार्ड लगायतका वार्डमा बिरामीलाई फलफुल वितरण गरिएको प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले जानकारी दिए ।बिरामीहरु लाई फलफुल वितरण गर्ने क्रम मा बिरामीहरु को बस्तु स्थिति तथा उनु हरु को गुनासो सुन्दै तत्काल समस्या समाधान गर्न संबंधित बक्तिलाई निर्देश दिनु बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले दिनु भयो। बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको विशिष्ट आतिथ्यतामा भएको फलफुल वितरण कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी,नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल,नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदनारायण सिंह, को उपस्थिति रहेको उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update