
भारतको महावाणिज्य दूतावास, वीरगंज (नेपाल) द्वारा पोखरिया नगरपालिका र जिल्ला उच्च रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियाको सहकार्यमा १ १औं अन्तराहिय योग दिवसको प्रचार-प्रसार गर्न एक योग कार्यक्रमको आयोजना गरियो। यो कार्यक्रम शारीरिक एवं मानसिक स्वास्थ्य र आध्यात्मिक कल्याणको लागि योगका अपार फाइदाहरूको बारेमा मानिसहरमा जागरूकता फैलाउने वाणिज्य दूतावासको पहलको एक हिस्सा थियो।
2. कार्यक्रममा स्थानीय राजनीतिक नेताज्यूहरू, जिल्ला उचड़ल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियाका विद्यर्थीहरू, शिक्षकज्यूहरू," नागरिक समाजका ' प्रतिनिधिज्यूहरू, विद्यालय ' व्यवस्थापन समिति र पोखरिया नगरपालिकाका पदाअधिकारीज्यु अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर श्री प्रदमन प्रसाद चौहान प्रमख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। पोखरिया नगरपालिकाका पर्व मेयर श्री नारायण रौनियार पनि विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
3. भारतका महावाणिज्यदूत श्री देवी सहाय मीणाज्यूले आफ्नो संबोधनमा दैनिक जीवनमा योग अभ्यासका फाइदाहरूको बारेमा उलेख गर्नु भयो उहाँले यस वर्षको अन्तरास्ट्रिय योग दिवसको थिम अथांत् 'एक पृथ्वी, एक स्वास्थ्यको लागि योग' 'को महत्वबारे प्रकाश पारनु भयेको थियो।
4. पोखरिया नगरपालिकाका मेयर श्री प्रदुमन प्रसाद चौहानज्यूले आफ्नो मन्तव्यमा मानव जीवनलाई मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन योग र आयुर्वेदको महत्चमा जोड दिनुभयो। उहाँले नियमित रूपमा प्रत्येक घरमा योग अभ्यास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।
5..योग कार्यक्रममा २५० भन्दा बढी व्यक्तिहरूले उत्साहपूर्वक भाग लिए। कार्यक्रमका केही तस्बिरहरु उपयुक्त प्रयोगको लागि यहाँ संलग्न गरिएको थियो।
कार्यक्रममा स्थानीय राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा नगरवासी गरी करिब २५० जना सहभागी थियो।