Birgunj News24
जसपा नेपाल द्वोरा नेपाली कामदार हरु संग  मलेसिया मा अन्तरक्रिया ।

जनता समाजवादी पार्टी नेपाल ले मलेसिया मा आफ्नो पार्टी गठन गर्न गइरहेको छ। मलेसिया मा रहेका नेपाली कामदार हरु संग भेटघाट गरि जसपा नेपाल का  केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया जाने भएका छन ।
 २०२५ जुन ०१ मा  होटेल ग्रान्ड कोन्टिनेन्टल कुलालुमपुर   जलान बेलिआ चोवकिट  मा जन लगेका हुन। मलेसिया मा आयोजना  हुन गइरहेको  नेपालीसंग अन्तरक्रिया  तथा नेपाली समाज मलेसिया प्रवास समिति गठन हुने भएको छ।  जसपा नेपाल का राष्ट्रिय अध्यक्ष उपेन्द्र  यादव को प्रमुख अतिथित्वमा हुने कार्यक्रम तय भएको छ। कार्यक्रम का आयोजक समितिका मलेसियाका  संयोजक बिनोद यादवले जानकारी दिनुभयो । 
मलेसियालाई आफ्नो कर्मभूमि बनाएर विभिन्न क्षेत्रमा मा काम गर्दै आइरहेका नेपाली कामदार हरु लाई  उपस्थित हुन संयोजक बिनोद यादव ले आहवान गर्नु भएको छ।  राजनीतिमा नलागेका तर अध्यक्ष यादवसंग प्रत्येक्ष भेटघाट गर्न चाहने नेपाली कामदार  हरु लाई  उपस्थित हुन तथा कार्यक्रम मा सहभागी भइ  कार्यक्रम सफल बनाईदिन अनुरोध समेत गरेका छन ।  मलेसिया संयोजक यादवले मलेसिया मा रहेका कामदार हरु लाई कुनै समस्या परेको बेला आफु सहयोग गर्दै आइरहेको र कसै नेपाली लाई मलेसिया मा बिचल्ली परेको मा मेरो सम्पर्क नम्बर +6012-3377943 बताउनुभयो ।कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका प्रमुख अर्जुन थापा र डा.निश्चलनाथ पाण्डे लगायतको दिग्गज नेताहरूको पनि उपस्थिति रहने संयोजक यादवले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update