Birgunj News24
वीरगन्ज कपडा बैंक द्वारा पर्साको धोबिनी गापा -५ सानो धोबिनीमा आगलगी पीडित लाई सहयोग प्रदान ।

जेष्ठ २ वीरगन्ज । वीरगन्ज कपडा बैंकले पर्साको धोबिनी गाउपालिका-५ सानो धोबिनिमा आगलागीबाट पिडित परिवारलाइ कपडा एवं खाधान्न सहयोग प्रदान गरेको छ । बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता ,अध्यक्ष लालबाबु सिंह, सचिव कन्हैया पटेलले आगलागी पीडित सफि अहमद अन्सारीको घर मैं पुगी राहत स्वरूप लत्ताकपडा २ बोरा ,कम्बल २ थान, बेडसिट ५ थान र चिउरा १ बोरा ,५ केजि मिठठा ,१ किलो चना लगायत सामाग्रीको साथै केही नगद सहयोग हस्तान्तरण गरेका छन ।  रु २ हजार १ सय नगद सहयोग बैंकका सल्लाहकार अधिवक्ता गुप्ताले हस्तान्तरण गरेका हुन  । सो अवसरमा धोबिनी गाउपालिका वडा५ का वडाअध्यक्ष मनौवर अहमद र  नेपाल रेडक्रस मधेश प्रदेश सहकोषाध्यक्ष समाजसेवी सल्लाउद्धिन अहमदको सहभागिता रहेको थियो ।
 सो अवसरमा कपडा बैंकका सल्लाहकार अधिवक्ता गुप्ताले तपाई संग धेरै छ भने हामिलाइ दिनुस र तपाई लाई जरुरी छ कमि छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि बैंकले बिगत ६ वर्ष देखि नियमित रुपमा दिन दुखी असहायको सेवा सहयोग गर्दै आइरहेको र आगलागी जस्तो आपत बिपतमा पिडितको घर आगनमै पुगेर नया पुरानो कपडा लगायत खाधान्न एवं अन्य सहयोग पुर्याएर सेवा गर्ने क्रममा धोबिनमा भएको दुख्दायी आगलागी भएको थाहा पाएर हामिले सक्दो सहयोग लियेर आएका हौ र मानवताप्रेमी सम्पुर्णलाई हातेमालो गरि सहयोग गर्न आग्रह गर्नु भयो ।
 सो अवसरमा वडाअध्यक्ष मनौवर अहमद र समाजसेवी सल्लाउद्धिनले आगलागी पिडितको गाउँ सम्म पुगेर कपडा लगायत खाधान्न एवं नगद सहयोग प्रदन गरि मानवता बलियो बनाउने जस्तो पुण्य एवं प्रेरणादायी कार्य गरिरहेको वीरगन्ज कपडा बैंक परिवार प्रती हार्दिक आभार धन्यवाद प्रदान गर्नु भयो ।
 पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ सानो धोबिनी टोलमा बुधबार दिउसै आगलागी हुदाँ स्थानीय को घर तथा गोठ दुबै जलेर नष्ट भएको थियो भने सो आगलागीमा १० वटा बाख्रा सहित घरमा रहेका नगद, लत्ताकपडा,भाडावर्तन सबै जलेर नष्ट भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update