Birgunj News24
वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण  ।

२६ बैशाख वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ६ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताएका छन ।वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ,सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता - अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी हुकुम सिंह राजपुत,सतिश सिंह राजपुत ,संस्थाका उपाध्यक्ष सामाजिक अभियन्ता प्रकाश थारु र मोनिका सिंह ,कोषाध्यक्ष मनोज मिश्रा ,सदस्यहरु जानकी देवि,नवराज भट्टराई ,अभिलाष गुप्ता सन्जु साह सन्चारकर्मि किशोर सिंह ,अजित भुजेल,अर्जुन चौधरी लगायतको सहभागिता रहेको थियो l सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि शनिबार बाहेक प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सामाग्री सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले दिन दुखी असहायको सेवा सहयोगमा आफ्नो आम्दानिको ५ देखि १० प्रतिशत रकम खर्चिनु पर्ने बानी बसाली मानवता बलियो बनाउन आग्रह गर्नु भयो ।अध्यक्ष सिंहले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिनदुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक , सल्लाहकार,पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update