Birgunj News24
वैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न |

अखिलेश प्रसाद साह

बिरगंज बैशाख २५

महानगरपालिकाको आयोजनामा आज स्थानीय होटल गेटवेमा वैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरु संग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाअौ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको हो ।बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा उहाँले अहिले वैदेशिक रोजगारीमा जाने युवाहरुले सहि तथ्यांक बुझेर मात्र गए कसैले दुःख नपाउने बताए । उनलेे वैदेशिक रोजगारीका लागि आर्थिक कारोबार गर्दा प्रमाणको आधारमा मात्र लेनदेन गर्न सुझाव दिनुभएको हो ।स्थानीय सरकारले अब सामी कार्यक्रमलाई सहजिकरण गदै अगाडि बढन लागेको अधिकृत कर्णले बताएका छन् ।  सामी कार्यक्रमका अधिकृत रामाशंकर कुशवहाले अहिले वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक १ करोड ८५ हजार रहेको तर श्रमस्कृति बिना वैदेशिक रोजगारी जानेको तथ्यांक हेर्न हो भने २ करोड भन्दा धेरै हुन सक्ने बताएका हुन ।देशमा बेरोजगारी यसको मुख्य कारण युवाहरु विदेश पलायन हुने गरेको बताएका छन् । अब मिडिया मार्फत  सबैलाई जानकारी दिन यदि विदेश जान लागिरहेका छन् भने अवश्य श्रमस्वकृति लिएर मात्र जाने भनेकोले जनचेतना जगाउने कार्यक्रम गर्न आवश्यकता रहेको बताए । नेपाल सरकार र स्वीस सरकार बीच भएको दिवपक्षीय समझौता अनुरुप श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल तथा प्रदेश सरकारको समन्वयमा तथा स्थानीय सरकार बीरगंज महानगरपालिकाको सहयोग र हेल्मेटस नेपालको प्रविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन( सामी) कार्यक्रम अन्तर्गत उक्त वैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रमको बारेमा  (सामी) कार्यक्रम अधिकृत रामाशंकर कुशवाहाले जानकारी दिनुभएको थियो ।उनलेे सो अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारीका लागि जानुभन्दा पहिला श्रममन्त्रालयबाट श्रमस्कृति लिएर जान र भरपर्दो विश्वाससिलो मेन पावर बाट मात्र जना सुझाव दिनुभएको छ। उनलेे भने यदि वैदेशिक रोजगारीका क्रममा कसैलाई मृत्यु भयो र कुनै रोग लागेमा उपचार गर्न र कानुनी प्रक्रिया बाट अगाडि बढाउन सजिलो हुने बताए । अहिले धेरै ठोगी गर्ने ठगहरु घर घरमा घुमिरहेकाले  उनीहरूको पहिचा गरी नेपाल सरकारले एजेन्डा खारेज गरेकोले उनीहरू बाट कारोबार नगर्न सुझाव दिनुपर्ने बताए ।  वैदेशिक रोजगारी जानुअघि बैकिङ्ग कारोबार  वा प्रमाणको आधारमा मात्र आर्थिक लेनदेन गर्न सुझाव अधिकृत कुशवाहाले बताएका छन् । वैदेशिक रोजगारी जानुभन्दा नेपालमै केही गर्न सक्ने पशुपालन देखि कृषि क्षेत्रमा तथा अन्य क्षेत्र  समेत  रहेको  अधिकृत कुशवहाले बताए ।अन्तरक्रिया कार्यक्रममा बीरगंज महानगरपालिका आर्थिक विकास महाशाखा एवम् सामी कार्यक्रमका फोकल पसनका राजकृष्ण ताम्राकार ,आर्थिक विकास महाशाखाका अधिकृत सुशीला देवकोटा ,सामी कार्यक्रमका सामाजिक परिचालक प्रमोद पटेल तथा विभिन्न संचार माध्यमका पत्रकारहरुको उपस्थित रहेको थियो ।भने कार्यक्रमको सहजिकरण सुशीला भन्डारीले गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update