६ बैशाख वीरगन्ज । दुर्गापुजा सेवा समिती रानिघाटले आज २४औ पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ब्लड डोनेशन चौक रानिघाट वीरगन्जमा शनिबार आयोजित २४ औं पटक रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरि मानवता बलियो बनाएका छन ।
दुर्गापुजा सेवा समिती रानिघाट का अध्यक्ष शतिश सिंह राजपुतको अध्यक्षता एवं भवानी अफसेट प्रेस का संचालक राकेश कुश्वाहाको प्रमुख आतिथ्य तथा वीरगन्ज माहानगर वडा ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता र नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेलको बिशिस्ट आतिथ्यमा सम्पन्न सो खुल्ला रक्तदान कार्यक्रममा अतिथिहरु सल्लाहकारहरु समाजसेवी गोपाल रौनियार,नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य समाजसेवी दिनानाथ रौनियार र छोटेलाल सराफ ,वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,मजदुर नेता बिजय पौडेल ,बिन्दास एफ एम का निर्देशक बिरेन्द्र साह ,सन्चारकर्मीहरु कन्हैया पटेल,अभिलाष गुप्ता लगायत स्थानिय अग्रज, महिला,युवाहरुको बाक्लो सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण सन्चारकर्मी प्रणय कुमारले गरेका थिए ।
सो अवसरमा रक्तदान गर्ने शतिश सिंह राजपुत,मुकेश ठाकुर,अब्दुल सलाम हवारी,दिपेश कुमार कर्ण ,राजन कुमार सिंह ,गान्धी पटवारी ,चन्दन सिंह राजपुत,साजन सिंह ,बिराज साह,शिवलाल महतो नुनिया,वसन्त रौनियार लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रक्तदान गरि मानवता लाई बलियो बनाएका थिए ।
सो अवसरमा प्रमुख अतिथी कुश्वाहाले रक्तदानले मानिसको जीवन बचाउने हुनाले यसलाइ जिवनदार वा महादान भन्ने मात्र हैन कि यो हाम्रो समाजले रक्तदातालाई भगवानको दुत भनी सम्मान गरेको बताउदै सम्पुर्ण रक्तदाता रक्तवीरहरुलाइ हार्दिक आभार प्रकट गर्दै आयोजक समितिका अध्यक्ष राजपुत एवं परिवारलाई धन्यवाद प्रदान गरेका थिए ।
अध्यक्ष सिंहले रक्तदान नै जिवनदान भएकोले दुर्गापुजा सेवा समितिले बार्षिक रुपमा २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको जसमा रानिघाटवासी हरुका साथै वीरगन्ज र आसपासका मानवताप्रेमी रक्तवीरहरु सपरिवार आएर रक्तदान गर्ने गर्दछन र आफु , श्रीमती र अब छोरा पनि नियमित रुपमा रक्तदान गरेको बताउदै कसैको जीवन बचाउनु मानवको सबै भन्दा ठूलो धर्म र कर्म भएकोले सम्पुर्णलाई रक्तदान गर्न आग्रह गर्दै सम्पुर्ण रक्तवीर एवं सहयोगी हातहरुलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियो ।