बस दुर्घटनाकाे घटना नसेलाउँदै ट्रक पल्टियाे, ट्रकमा रहेकाे १९ वटा खसी बोका च्यापिएर मरे
बीरगंज २७ माघ। बस पल्टिएर २४ जना यात्रु घाइते भएको दुई घण्टा नबित्दै चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको समाचार छ।
आइतबार बिहान ६ ः ३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमै पल्टिन पुगेकाे छ । इच्छाकामना गाउँपालिका वडा नं. ४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँ तर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको छ।
ट्रकमा रहेका १४३ वटा खसी र बोका मध्ये १९ वटा च्यापिएर मरेको प्रहरीले जनाएकाे छ। दुर्घटनामा मानवीय क्षति भएको छैन। सभार :- जन समरपित दैनिक
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


