
वीरगञ्ज, १५ माघ
वीरगञ्ज महानगरपालिका-१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
रक्तदान कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायत सहभागी भएका थिए।
विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल, मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याक केसी, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा. उमेश चौरसिया, पत्रकार जगत राई, प्रणय साह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि रेडक्रस सभापति कँडेलले पहिलो रक्तदाता लाई रक्त संकलन गर्ने पोका हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए।
वार्षिकोत्सवका अवसरमा विद्यालयले मंगलबार अभिभावकहरूका लागि निशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाका अनुसार उक्त शिविरबाट ५० भन्दा बढी अभिभावक लाभान्वित भएका छन्।
शिविरमा चिकित्सक डा. वेदप्रकाश कुशवाहा र डा. सुशिल कुमार साह को सिफारिसअनुसार आवश्यक परीक्षण तथा औषधि वितरण गरिएको थियो। विद्यालयले स्वास्थ्य परीक्षणका लागि आवश्यक टेष्टहरू र औषधिहरू अभिभावकका लागि निशुल्क व्यवस्थापन गरेको जानकारी गराइएको छ।