-1737894420.jpg)
बारा, १३ माघ
समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस चौतारी नेपालमा पुनः फर्किएका नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलाई प्रेस चौतारी नेपाल बाराले एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।
नेपाल पत्रकार महासंघ बाराको सभाहलमा आयोजित जिल्ला भेलामा सुवेदीलाई प्रेस चौतारी नेपालले औपचारिक रूपमा स्वागत गरेको हो। सुवेदीले गत हप्ता समाजवादी प्रेस संगठन परित्याग गरी आफ्नो पुरानो संगठन प्रेस चौतारी नेपालमा पुनः प्रवेश गर्ने घोषणा गरेका थिए।
अध्यक्ष सुवेदीलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेल, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, चौतारी बारा जिल्ला इन्चार्ज अच्युत पौडेललगायत नेताहरूले स्वागत गरेका हुन्।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय