Birgunj News24
नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरू सम्मानित

वीरगंज, १२ माघ 
नेपाल मुस्लिम पत्रकार संघ, पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश तथा जिल्ला तहमा निर्वाचित पदाधिकारीहरू र सदस्यहरूलाई एक भव्य कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।
वीरगंजको क्लासिक बंकेटमा सम्पन्न उक्त सम्मान कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर इम्तियाज आलमले लोकतन्त्रमा स्वतन्त्र पत्रकारिताको भूमिकालाई उच्च सम्मान गर्दै भन्नुभयो,
"राज्यका सही र गलत कामलाई उजागर गर्ने पत्रकारको जिम्मेवारी हो र समाजले पत्रकारलाई नै विश्वास गर्ने गर्दछ। त्यसैले, पत्रकारितामा स्वार्थको स्थान हुनुहुँदैन।"
कार्यक्रमका प्रमुख अतिथि उपमेयर आलमले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो।
नेपाल मुस्लिम पत्रकार संघ, पर्साले स्व. पत्रकार नेहाल खानको परिवारलाई ३१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो।
नेपाल मुस्लिम पत्रकार संघ, पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निम्न विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रेस काउन्सिलका सदस्य लालबाबु शेख,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने,नेपाल पत्रकार महासंघ, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा,नेपाल पत्रकार महासंघ, पर्सा अध्यक्ष ओमप्रकाश खनाल कार्यक्रममा विभिन्न पत्रकार तथा सुरक्षा अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर , सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामी , वडा प्रहरी कार्यालय, वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई , स्थानीय सञ्चारकर्मीहरू । कार्यक्रममा वक्ताहरूले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारशिला भएकाले यसको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए। साथै, पत्रकारहरूको हकहित र पेशागत सुरक्षाका लागि संस्थागत पहल आवश्यक रहेकोमा उनीहरूले जोड दिए।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update