Birgunj News24
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालयद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना

 

वीरगंज, ७ माघ 
भन्सार प्रशासनको प्रतिबद्धता दक्षता, सुरक्षा र समृद्धितर्फ भन्ने नाराका साथ ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित मनाउने भएको छ। यसै अवसरमा ब्याडमिन्टन प्रतियोगिता-२०८१ को आयोजना गरिएको छ।

नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गत वीरगंज भन्सार कार्यालयद्वारा आयोजित यो प्रतियोगितामा विभिन्न भन्सार अधिकारी, कर्मचारी तथा सरोकारवालाहरू सहभागी हुनेछन्। कार्यक्रमको उद्देश्य भन्सार कर्मचारी तथा सरोकारवालाहरूबीच सहकार्य, आत्मीयता र शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्नु रहेको बताइएको छ।

विश्व भन्सार सङ्गठन (WCO) को आयोजनामा हरेक वर्ष जनवरी २६ तारिखमा मनाइने अन्तर्राष्ट्रिय भन्सार दिवसले भन्सार प्रशासनको कार्यक्षमता वृद्धि, सुरक्षा सुदृढीकरण र व्यापार सहजीकरण जस्ता विषयलाई प्राथमिकता दिने गर्दछ। नेपालका प्रमुख भन्सार कार्यालयहरूमा समेत विविध कार्यक्रम आयोजना गरी यस दिवसलाई सप्ताव्यापी  विशेष बनाइने जानकारी प्राप्त भएको छ। र यो कर्यक्रम मघ १३ (२६ जनवरी) सम्म चल्नेछ  /

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update