Birgunj News24
वीरगन्जका समाजसेवी प्रकाश उपाध्याय द्वारा वीरगन्ज कपडा बैंकलाई कम्बल सहयोग ।

६ माघ वीरगन्ज । शैक्षिक सहीद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा का वरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले वीरगन्ज कपडा बैंकलाई ५ थान कम्बल सहयोग प्रदान गरेका छन ।बढदो जाडोको समयमा दिन दुखी असहायको जनजीवन थप कष्टकर भएकोले चिसो बाट राहत होस भनी न्यानो कम्बल ,शाल, ज्याकेट ,स्वेटर, इन्नर जस्ता न्यानो कपडाहरु सहयोग गर्न वीरगन्ज कपडा बैंकले गरेको आग्रह थाहा पाएर ५ थान कम्बल सहयोग बैंकका अध्यक्ष लालबाबु सिंहलाइ हस्तान्तरण गर्नुभयो । उपाध्याय वीरगन्ज कपडा बैंकका सल्लाहकार रहेर विभिन्न समय स्थानमा बैंकको कार्यलाइ सघाउद्सी आइरहेका छन ।
सो कम्बल हस्तांतरण कार्यकममा प्रतिष्ठानका सदस्य सुभाष सिंह , वीरगन्ज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।
 
सो अवसरमा समाजसेवी उपाध्यायले वीरगन्ज कपडा बैंकले विगत लामो समय देखि बिपन्न दुखी असहायहरु को साथै आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव सुकार्यमा आफू सल्लाहकारको रुपमा जोडिएर प्रत्यक्ष सेवा गर्न पाउँदा आफू निकै गौरवान्वित भएको बताउदै अहिले चिसोको समयमा बिपन्न असहायहरुले नया गर्म र न्यानो सुकिलो कपडा किन्न नसकनेहरु लाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए ।
 सो अवसरमा बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै विगतमा पनि शैक्षिक सहिद मुकुन्द प्रसाद खनाम प्रतिष्ठानले विभिन्न समय स्थानहरुमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएको र अहिले पनि दिनदुखी असहायको लागि कम्बल सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा पनि प्रतिष्ठान परिवार एवं समाजसेवी उपाध्यायको साथ सहयोग जारी रहनेमा आशावादि रहेको र आउदो समयमा जाडो बढ्ने हुनाले न्यानो कम्बल, शाल, ज्याकेट, स्वेटर,इन्नर , टोपी,पसिन्ट सर्ट लगायतका न्यानो कपडाहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरु लाई आग्रह समेत गरेका छन

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update