Birgunj News24
जसपा नेपालको नयाँ कार्यसमिति चयन , सहअध्यक्षमा लालबाबु राउत

जनता समाजवादी पार्टी जसपा.नेपालले पार्टीको पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति, र केन्द्रीय निकायहरूमा नयाँ सदस्यहरूको चयन गरेको छ।
जेठ २८ देखि ३० गतेसम्म सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधान २०८० ९२०८१ संशोधित० अन्तर्गत धारा १४१ ९१००, धारा २९ ९३००, र धारा ८७ ९१०० बमोजिम पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ सदस्यहरूको नियुक्ति गरेका हुन्।

महाधिवेशनले गरेको निर्णय अनुसार, रकम चेम्जोङलाई सह(अध्यक्षमा चयन गरिएको छ। यसैगरी, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, र विद्युत् बज्राचार्यलाई नियुक्त गरिएको छ।

महासचिवका रुपमा लालबाबु राउत र रामकुमार शर्माको चयन गरिएको छ भने पार्टीको प्रवक्तामा मनिष कुमार सुमनलाई जिम्मेवारी दिइएको छ।

यस निर्णयले पार्टीलाई थप सुदृढ र संगठित बनाउने अपेक्षा गरिएको छ। पार्टीको नवनिर्वाचित नेतृत्वले आगामी दिनहरूमा पार्टीको उद्देश्य र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update