बारा प्रहरीको अटोमेटिक पेस्तोल हरायो
बाराको ईलाका प्रहरी कार्यालय अमलेखगन्जमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक सई० पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको छ ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेका अनुसार, वरिष्ठ सई बिसीसहितको टोली सोमबारराति लागूऔषध गाँजा पक्राउ गर्न अप्रेसनमा गएका बेला १० राउण्ड गोली लोडरहेको अटोमेटिक पेस्तोल हराएको हो ।
अप्रेसनमका क्रममा केहि व्याक्ति पक्राउ परेको जानकारी दिदैं प्रहरी नायब उपरीक्षक न्यौपानले हराएको पेस्तोलको खोजी भइरहेको बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



