नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ।
शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका हुन्। यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्।
बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरु सहभागी भएको एमालेले जनाएको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१ १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



