Birgunj News24
विश्व हेभिभेट माइक टाइसनसँग बक्सिङमा उत्रदैँ जेक पल, ८० हजारले प्रत्यक्ष हेर्ने

काठमाडौं, २५ फागुन । युट्युबरबाट बक्सर बनेका जेक पलले माइक टाइसनसँग भिडन्त गर्ने भएको  छ। 

आगामी जुलाई २० मा एक प्रदर्शनीका बिचमा उनले बक्सिङ खेलका हेवीवेट लिजेन्ड माइक टायसनको सामना गर्ने तयारी गरेका हुन ।

यो कार्यक्रम नेटफ्लिक्समा विशेष रूपमा प्रसारित हुनेछ  । ८० हजार सिट क्षमताको एटी  एन्ड एट स्टेडियम, टेक्सासको अर्लिङ्टनमा आयोजित हुनेछ।

‘आयरन माइक, ५७ अन्तिम पटक जुन २००५ मा व्यावसायिक रूपमा भिडन्तमा उत्रिएका थिए ।  ५०–६ क्यारियर रेकर्ड भएका उनले ४४ जीतहरू नकआउटको माध्यमबाट हासिल गरेका थिए । 

पूर्व विश्व हेवीवेट च्याम्पियन टाइसन इतिहासमा उत्कृष्ट बक्सरहरू मध्ये एक मानिन्छन।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update