Birgunj News24
पत्रकार नेहाल खानको निधन,आजै डेढ बजे आर्दशनगर कब्रिस्थानमा दाहसंस्कार गरिने

नेपाल टेलिभिजनका पर्सा संवाददाता नेहाल खानको निधन भएको छ। नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो।

गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रेस चौतारी नेपाल पर्साका सदस्य रहेका खान झण्डै दुई दशक भन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका थिए । ५२ बर्षिय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन्।

कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन।

खानकी पत्नि अजमा खातुनपनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत छिन्।भरतपुर क्यान्सर अस्पतालमा उनकोपनि करिब ६ महिनादेखि उपचार चलिरहेको छ।खानका दुई छोरी र दुई छोरा छन्। खानको आज दिउँसो डेढ बजे जोहरको नमाज पछि आर्दशनगर स्थित कव्रिस्थानमा मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरिने परिवारजनले जनाएका छन ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update