Birgunj News24

काठमाडौं, २३ कात्तिक । रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।

टीकापुर घटनामा दोषी सावित भई जेल सजाय भुक्तान गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णय र कार्यविरुद्ध रिट दायर गरेकी थिइन् । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update