Birgunj News24
गृह मन्त्रालयमा आकस्मिक बैठक जारी

काठमाडौं, १८ कार्तिक । भुकम्प पीडितको उद्धार तथा राहातका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी रहेको छ ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भए पछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाईएको हो ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख अधिकारीहरुसहित गृह मन्त्रालयका उच्च पदाधिकारी बैठकमा उपस्थित रहेका छन् ।  

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update