Birgunj News24
खेल सुरु एक घन्टा अगाबै मुलपानी मैदान फ्यानहरू जम्मा (फाेटाेफिचर)

काठमाडौं, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएइ) का बिचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुदैँछ । 

आइसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो । 

सो खेल मुलपानीस्थित क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । 

तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन । जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ । 

यसअघि क्यानले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको थियो । 

आफनो टविटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टि २० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन् ।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update