Birgunj News24
संयुक्त बैठकमा राष्ट्र संघीय महासचिवले सम्बोधन गर्ने

काठमाडौं, १४ कार्तिक । प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ । 

आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्नेछन् । 

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैँछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update