कात्तिक १३ गते । बाराको कलैयामा सोमबार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्राधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो करिब साढे १२ बजेतिर प्रधानाध्यापक सर्राफमाथि गोली प्रहार भएको थियो । दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सर्राफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सर्राफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो सर्राफलाई कसले र किन गोली हानेको बारेमा अहिले सम्म खुल्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



