युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीकाे घोषणा
बुधबार, फागुन २४, २०७९
नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरुले मात्रै अन्तर्राष्ट्रिय उडान भरे
बुधबार, फागुन २४, २०७९
काठमाडौं, २४ फागुन । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समुहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफनो बिमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।
यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको...
आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो
बुधबार, फागुन २४, २०७९
रौतहट, २४ फागुन । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ ।
मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो । छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय...
हाेलीकाे दिन झन्डै २६ सय सवारी चालक माथी कारबाही
मंगलबार, फागुन २३, २०७९
काठमाडौं, २३ फागुन । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा हिजो मात्रै २ हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय...
वालुवाटारमा माओवादी घटकहरुको बैठक जारी
मंगलबार, फागुन २३, २०७९
काठमाडौं, २३ फागुन । माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित छन । ...
पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी
मंगलबार, फागुन २३, २०७९
खड्क सुनार
मुगु, २३ फागुन । छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका दन्त लाल भियालको दैनिकि कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने । पिठ्यँुमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उनी आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्छन् । सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उनी दैनिक रारा पुग्छन् ।...
शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निर्णय
मंगलबार, फागुन २३, २०७९
काठमाडौं, २३ फागुन । माओवादी घटक दलले शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेका छन् । माओवादी द्वन्द्वकालीन घटनामा ज्यान गुमाएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई आधारमा मानेर उनीविरुद्ध फौजदारी मुद्दा सर्वाेच्च अदालतमा दर्ता हुन...
झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु
मंगलबार, फागुन २३, २०७९
न्युज कारखाना
बुटवल, २२ फागुन
झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको हो ।
सुरुमा घाँटी...
राजधानीबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ
मंगलबार, फागुन २३, २०७९
न्युज कारखाना
काठमाडौं, २२ फागुन
उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौंबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूको कसुर अनुसार...
१४ लाख भारुसहित महोत्तरीबाट ९ जना पक्राउ
मंगलबार, फागुन २३, २०७९
न्युज कारखाना
काठमाडौं, २२ फागुन
महोत्तरीको जलेश्वरबाट प्रहरीले १४ लाख भारतीय रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जनालाई सोमबार महोत्तरी प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय...
आजको मौसमः कोशी गण्डकी र कर्णाली प्रदेश प्रदेशमा बर्षा हुने |
मंगलबार, फागुन २३, २०७९
काठमाडौं, २३ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र...
साताको लोकप्रीय

