Birgunj News24
रंगशालाको प्याराफिट भत्काएर नयाँ निर्माण गर्ने योजना शिलान्यास।

वीरगञ्ज, ५ चैत – लामो समयदेखि जीर्ण भएको नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण कार्य बिहीबार शिलान्यास गरिएको छ।

मधेस प्रदेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ता ले शिलान्यास गर्दै निर्माण कार्य सम्झौता अनुसार समयमै पूरा हुने विश्वास व्यक्त गरे।

रंगशालाको जीर्ण प्याराफिट पहिलो चरणमा डोजर प्रयोग गरी भत्काइने र नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर शिवचन्द्र यादव र पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कान ले जानकारी दिएका छन्।

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ, जसमा काठमाडौको अन्कुर निर्माण सेवाले २ करोड १७ लाख ७२ हजारमा ठेक्का लिएर काम सुरु गरेको हो।

नारायणी रंगशाला, ३५ हजार दर्शक क्षमताको, विगतमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना हुने प्रमुख स्थल भए पनि मर्मत अभावका कारण दशकयता प्रयोग हुन सकेको थिएन।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update